शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सेयर बजार १० अंकले घट्यो, ४ अर्ब ७७ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
सेयर बजार १० अंकले घट्यो, ४ अर्ब ७७ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३७ कम्पनीको १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७७ करोड ४७ लाख ६ हजार ३४ रुपैयाँबराबरको कारोबार भएको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज सोमबार आज नेप्से परिसूचक १०.५३ अंकले बढेर २६२२.८८ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ३७ कम्पनीको १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर खरिद-बिक्री हुँदा ४ अर्ब ७७ करोड ४७ लाख ६ हजार ३४ रुपैयाँबराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ३२ प्रतिशत फ्लोट इण्डेक्स शुन्य दशमलव ३९ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ३९ प्रतिशतले बढेको छ।

आजको कारोबारमा एसवाई प्यानलको सेयरमूल्य सर्किट लेबलमा कारोबार भएको छ। ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड २ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

 


प्रकाशित : सोमबार, पुस १४ २०८२१५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend