शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बैंकका कर्मचारीमाथिको दुर्व्यवहार खेदजनक, कानूनको पालना गर्नु सबैको कर्तव्य हो : बैंकर्स संघ अध्यक्ष कोइराला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
बैंकका कर्मचारीमाथिको दुर्व्यवहार खेदजनक, कानूनको पालना गर्नु सबैको कर्तव्य हो : बैंकर्स संघ अध्यक्ष कोइराला

कार्यक्रममा सम्बोधन गर्दै कोईरालाले नेपाल एक कानुनी राज्य भएको स्मरण गराउँदै कानूनको पालना गर्नु सबैको कर्तव्य भएको बताए।

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय बैंकका कर्मचारीहरूमाथि भइरहेको भौतिक आक्रमण र दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले कर्मचारीहरूमाथि नियोजित रूपमा कुटपिट गर्ने र डर-धम्की देखाउने कार्य बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

कार्यक्रममा सम्बोधन गर्दै कोइलाले नेपाल एक कानूनी राज्य भएको स्मरण गराउँदै कानूनको पालना गर्नु सबैको कर्तव्य भएको बताए।

उनले बैंकबाट लिएको ऋण जुनसुकै हालतमा तिर्नुपर्ने र यसबाट कोही पनि पन्छिन नमिल्ने स्पष्ट पारे।

अध्यक्ष कोइरालाले भने ‘ऋण नतिर्नका लागि ऋणीहरूलाई उक्साउन राजनीतिक व्यक्तिहरूकै संलग्नता देखिएको तथा राजनीतिक आडमा ऋण नतिर्ने अभियान चलाउँदा ऋणीहरूको आत्मबल बढेकाले उनीहरू राज्यको कानून तोड्न समेत पछि परेका छैनन्।’

बैंकहरूको कुनै पनि राजनीतिक दल वा राजनीतिसँग सम्बन्ध नरहेको प्रस्ट पार्दै उनले बैंकिङ क्षेत्रलाई विवादमा नतान्न आग्रह गरे।

साथै पछिल्लो समय जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको असहज परिस्थितिका कारण निजी क्षेत्रको लगानी गर्ने उत्साह घटेको छ। बजारमा लगानीका लागि आवश्यक आत्मविश्वास नहुँदा कर्जा प्रवाहमा समेत समस्या देखिएको उनको भनाइ छ।

लगानीको वातावरण बिग्रँदा निजी क्षेत्र हतोत्साहित भएको छ। अब राज्य संयन्त्रले निजी क्षेत्रलाई उक्साउन र उनीहरूको आत्मविश्वास फर्काउन विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। 

 


प्रकाशित : सोमबार, पुस १४ २०८२१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend