शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

गोरु पाल्ने किसानलाई अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
गोरु पाल्ने किसानलाई अनुदान

पर्वत- जिल्लाको विहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान प्रदान गरेको छ। गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ।

यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सकिने भएकले उनीहरूलाई अनुदान दिइएको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए। 

ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रूपमा काठको हलो, जुवा, लिड्को प्रयोग गरेर खेती गर्दै आएका छन्। ६ वडाको विहादीमा वडा नम्बर १ बाच्छाका ७ जना, वडा नम्बर २ बर्राचौरका १३ जना, वडा नम्बर ३ रानीपानीका ६ जना, वडा नम्बर ४ वहाकीका एक जना, वडा नम्बर ५ उरामपोखराका १२ जना र वडा नम्बर ६ शालिग्रामका ७ जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो। 

यसअघि विहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान, स्थानीय जातका गाई पाल्ने  कृषकलाई सुत्केरी भत्ता तथा प्रोत्साहन रकम प्रदान गरेको थियो। 

यसैगरी व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी २० हजार रुपैयाँका दरले अनुदान दिइएको छ। रासस 


प्रकाशित : शनिबार, पुस १२ २०८२१४:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend