शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोंगबुमा कृषि मेला

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोंगबुमा कृषि मेला

काठमाडौं- स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोंगबुमा कृषि मेला आयोजना गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोंगबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोंगबु टाउन प्लानिङमा मेला आयोजना भएको हो।

मेलाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाको सुशासन समितिका सभापति एवं काठमाडौं महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए। 

रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तला प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए। मेलामा ५५ जिल्लाका उत्पादन राखिएका छन्। उपभोक्ताले ती उत्पादन खरिद गर्न सक्नेछन् । रासस


प्रकाशित : शनिबार, पुस १२ २०८२१२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend