शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो, पाँच महिनामा ५ अर्ब ५३ करोड रुपैयाँको निर्यात

शनिबार, पुस १२ २०८२
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो, पाँच महिनामा ५ अर्ब ५३ करोड रुपैयाँको निर्यात

चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैची निर्यात भएको छ।

भद्रपुर- चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैची निर्यात भएको छ। 

पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १०  मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए। अघिल्लो आव २०८१/०८२ को सोही अवधीमा  तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको  अलैची निर्यात भएको उनले बताए। 

कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ। उक्त अवधिमा एक अर्व ८५ करोड ६२ लाख सात हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ।

अघिल्लो आव २०८१/०८२ को सोही अवधिमा दुई अर्व ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए।
 
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ। 

मेची भन्साबाट चालु आव २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३  हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ। रासस


प्रकाशित : शनिबार, पुस १२ २०८२०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend