शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निर्जीवन बीमकहरूले मंसिरसम्म गरे साढे १९ अर्ब रुपैयाँ बीमा शुल्क संकलन, कुन कम्पनीकाे कति?

शुक्रबार, पुस ११ २०८२
निर्जीवन बीमकहरूले मंसिरसम्म गरे साढे १९ अर्ब रुपैयाँ बीमा शुल्क संकलन, कुन कम्पनीकाे कति?

काठमाडौं- निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेको छ। कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकाे हाे। 

त्यस्तै धेरै व्यवसाय गर्नेको दोस्रोमा रहेको शिखर इन्स्योरेन्सले मंसिर महिनासम्म २ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

त्यसैगरी तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। यो कम्पनीले यस अवधिमा २ अर्बको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको हो।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यस अवधिमा १ अर्ब ८६ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करो, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड बीमा शुल्क र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन्।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छन्।

त्यसैगरी लघु बीमक कम्पनीले मंसिर मसान्तसम्म ४९ करोड ६० लाख बराबरको बीमा शुल्क संकलन गरेका छन्। तथ्यांकअनुसार नेपाल माइक्रोले १३ करोड ३ लाख, प्रोटेक्टिभ माइक्रोले १३ करोड २१ लाख, स्टार माइक्रोले १० करोड ७४ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १२ करोड ६० लाख बराबरको बीमा शुल्क संकलन गरेका छन्। 

beema pradhikaran data.PNG


प्रकाशित : शुक्रबार, पुस ११ २०८२१५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend