काठमाडाैं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आउँदो माघ ३ गते शनिबार हुने भएको छ।
कम्पनीले लाभांश प्रस्ताव सहित काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे १७ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो।
सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्ने जनाएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ।