काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडलाई साधरण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ।
कम्पनीले कुल चुक्ता पुँजी ३ अर्ब ७५ कराेड रुपैयाँकाे २० प्रतिशतले हुने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यकाे ७५ करोड रुपैयाँबराबरकाे ७५ लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डबाट अनुमति पाएको हो।
कम्पनीले आफ्नो सेयर बिक्री प्रबन्धकका रूपमा नबिल बैंक लिमिटेडलाई नियुक्त गरेको छ।