काठमाडौं- साताको चौथो कारोबार दिन आज बुधबार आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.३७ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ३४ कम्पनीको ७२ लाख २४ हजार ९ सय १७ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५ प्रतिशत फ्लोट इण्डेक्स शून्य दशमलव २१ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ३० प्रतिशतले बढेको छ।
आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ५.३२ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनी, हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपालको १४ करोड ४९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने तेह्रथुम पावर कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।