शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्दै विजय लघुवित्त

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ९ २०८२
पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्दै विजय लघुवित्त

लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गर्ने जनाएको छ।  लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु थप एफपीओ निष्कासन गर्ने भएको हो।

काठमाडाै‌ं-विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पुस २१ गतेदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। 

लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गर्ने जनाएको छ। 
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु थप एफपीओ निष्कासन गर्ने भएको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्कासन गर्ने कमपनीले जनाएको छ।

निष्कासन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ बी एटदरेट प्रदान गरेको छ। यो रेटिङ्ले लघुवित्तले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ६१ रुपैयाँ ७० पैसा रहेको छ।लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।


प्रकाशित : बुधबार, पुस ९ २०८२१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend