शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल टेलिकमको ३० प्रतिशत नगद लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ९ २०८२
नेपाल टेलिकमको ३०  प्रतिशत नगद लाभांश घोषणा

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

काठमाडौं- नेपाल टेलिकम लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ।

लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृहमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। 

पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 नेपाल सरकारकाे अर्थ मन्त्रालयवाट स्वीकृति प्राप्त भएपछि नगद लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।

 


प्रकाशित : बुधबार, पुस ९ २०८२११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend