काठमाडाैं-चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड ले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीको पुस ८ गते बसेको सन्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।
यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।