शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सूर्यकुण्ड हाइड्रोकाे आईपीओ निष्कासन

बुधबार, पुस ९ २०८२
सूर्यकुण्ड हाइड्रोकाे आईपीओ निष्कासन

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासनको गर्ने अनुमति पाएको थियो।

काठमाडाैं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज ९ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासनको गर्ने अनुमति पाएको थियो। 

जसमध्ये कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरले ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

कम्पनीको जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४ सय रुपैयाँ रहेको छ।

सेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासी स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै बाँकि रहेको सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७ सय रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने  अधिकतममा ५० हजार कित्ताका सम्मका लागि आवेदन दिन सकिनेछ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा पुस २३ गते हुनेछ भने ढिलोमा माघ ८ गते हुनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने पुस १४ गतेभित्र आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ। यो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वासदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रि तथा प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखिएको छ।

धितोपत्र जारी गर्नुको उद्देश्यमा कम्पनीको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम जारी पुँजीको २० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र सर्वसाधारणहरुको लागि बिक्री वितरण गरी कम्पनीको जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार चार सय पुर्याउन रहेको छ।

निष्कासनबाट प्राप्त हुने पुँजी रकमलाई ऋण प्रदायक बैंक तथा वित्तीय संस्थाहरु (लिड बैंक कुमारी बैंक लिमिटेड र लिड बैंक नेपाल एसबिआई बैंक लिमिटेड) सँग भएको सम्झौताबमोजिम लिएको ऋण रकम १३ करोड ७९ लाख ३५ हजार भुक्तानी गर्न गरिने कम्पनीले जनाएको छ। 


प्रकाशित : बुधबार, पुस ९ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend