काठमाडौं- अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
नेपाल विद्युत प्राधिकरणबाट स्वकिृत भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।