काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय २८ कम्पनीको ७६ लाख ६८ हजार ९ सय १५ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३५ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ०७ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव २० अंकले बढेको छ।
एसवाई प्यानल नेपालको सेयरमूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशत बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस सर्वाधिक ५.९७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल ३० करोड ९८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यसैगरि सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने सिईडिबी होल्डिङ्सको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।
आज १३ वटा उपसमूहको परिसूचकमध्ये ७ बढेको छ भने अरु सबै घटेको छन्।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १७ र अन्य समूह एक दशमलव २८ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।
विकास बैंक शून्य दशमलव १६, लगानी शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बीमा शून्य दशमलव १६ प्रतिशतले घटेको हो।