शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अपि पावरद्वारा लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ८ २०८२
अपि पावरद्वारा लाभांश घोषणा

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

काठमाडाैं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा आगामी पुस २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। 

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

कम्पनीले विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ भने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभामा लैजाने भएको छ।

बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा एक सेयरबराबर ०.३० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजना पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ। 

प्रस्तावित हकप्रद सेयरमार्फत संकलन हुने करिब १ अर्ब ९१ करोड रुपैयाँ दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत आयोजनामा पुँजी लगानीका रूपमा प्रयोग गरिनेछ।


प्रकाशित : मंगलबार, पुस ८ २०८२१३:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend