शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनएलजी इन्स्योरेन्सकाे ७ प्रतिशत लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ८ २०८२
एनएलजी इन्स्योरेन्सकाे ७ प्रतिशत लाभांश घोषणा

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

काठमाडाैं- एनएलजी इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।


प्रकाशित : मंगलबार, पुस ८ २०८२१२:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend