काठमाडाैं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
पुस ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकलेहाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो।
जसमध्ये ४.७५ प्रतिशत बोनश सेयर रहेको छ भने ०.२५ प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।