शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१३ करोड खर्च गरेर नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक नगर भवन बनाउने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
१३ करोड खर्च गरेर नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक नगर भवन बनाउने

काठमाडौं-नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ। टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा जानकारी दिए।

उपमहानगरपालिकाले १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा रु चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले बताए।

चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले जानकारी दिए।

उहाँका अनुसारब बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ। तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुने छ। अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ। पार्किङमा १४ चारपाङ्ग्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ।

रासस


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend