शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक १३ अंकले घट्याे, ३ अर्ब ५१ करोड रुपैयाँकाे काराेबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
नेप्से परिसूचक १३ अंकले घट्याे, ३ अर्ब ५१ करोड रुपैयाँकाे काराेबार

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५० अंकले घटेको छ। फ्लोट इण्डेक्स शून्य दशमलव ५५ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४८ अंकले घटेकाे छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज साेमबार नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ३२ कम्पनीको ९१ लाख ६७ हजार ३ सय ५९ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७ सय १८ रुपैयाँबराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५० अंकले घटेको छ। फ्लोट इण्डेक्स शून्य दशमलव ५५ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४८ अंकले घटेकाे छ।

आजको कारोबारमा १ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ।याे बैंकको  १० करोड ३० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।

आज १३ वटा उपसमूहको परिसूचकमध्ये १ बढेको छ भने अरु सबै घटेको छन्। आजको कारोबारमा बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ३७, वित्त शुन्य दशमलव १५, जलविद्युत् शून्य दशमलव ६६ ,जीवन बीमा १ दशमलव ०१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, लघुवित्त ० दशमलव ४५, लगानी शून्य दशमलव ९७, म्युचुअल फण्ड शून्य दशमलव ०६ र अन्य समूह शून्य दशमलव ६९ व्यापार उपसमूहको परिसूचक शून्य दशमलव ३७, निर्जीवन बीमाको परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ भने व्यापार उपसमूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशतले बढेको छ।


प्रकाशित : सोमबार, पुस ७ २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend