काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
लघुवित्तलेगत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ करोड २२ लाख ४४ हजार ३४४ रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो।
लघुवित्तको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लघुवित्तले ९.५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत का दरले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।