काठमाडौं- साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० बिन्दुमा पुगेको हो।
आजको कारोबारमा ३ सय ४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३ सय ३४ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ४३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ७५ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४९ अंकले घटेको छ।
आजको कारोबारमा २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एसवाई प्यानल नेपाल र सिटिजन्स बैंक डिभेन्चरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै १३ करोड ५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बलेफी हाइड्रोपावर पब्लिकको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।
आज १३ वटा उपसमूहको परिसूचकमध्ये म्युचुअल फण्ड शून्य दशमलव १९ प्रतिशतले बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेका छन्।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४७, विकास बैंक १ दशमलव ४२, वित्त १ दशमलव ३८, होटल तथा पर्यटन १ दशमलव ६३, जलविद्युत् शून्य दशमलव ८६ ,जीवन बीमा १ दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, व्यापार समूह १ दशमलव ०१ , लगानी शून्य दशमलव ६३, अन्य समूह शून्य दशमलव ४२ र निर्जीवन बीमाको परिसूचक शून्य दशमलव ८० प्रतिशतले घटेको छ।