शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सीवाईसी नेपाल लघुवित्तले १३ प्रतिशत लाभांश दिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
सीवाईसी नेपाल लघुवित्तले १३ प्रतिशत लाभांश दिने

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।

काठमाडौं- सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।

लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.७६ प्रतिशत बोनस सेयर रहेको छ भने ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

 नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।


प्रकाशित : आइतबार, पुस ६ २०८२१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend