शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१ प्रतिशत नगद लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१ प्रतिशत नगद लाभांश घोषणा

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड ले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

 नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, पुस ६ २०८२१२:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend