काठमाडाैं- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।