शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
स्वरोजगार लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति?

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

 


प्रकाशित : आइतबार, पुस ६ २०८२११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend