शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सूर्यज्योति लाइफको १३ प्रतिशत नगद लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
सूर्यज्योति लाइफको १३ प्रतिशत  नगद लाभांश घोषणा

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना से यरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना से यरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकलेहाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

 नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित पश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, पुस ६ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend