शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बैंक तथा वित्तीय संस्थामा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ५ २०८२
बैंक तथा वित्तीय संस्थामा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले एक सूचना प्रकाशन गरी आफूले लिन चाहेको मुद्दती निक्षेपबराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना प्रकाशन गरी आफूले लिन चाहेको मुद्दती निक्षेपबराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

सूचनाअनुसार 'क' वर्गका वाणिज्य बैंकमा ९६ करोड रुपैयाँ, 'ख' वर्गका विकास बैंकमा १८ करोड रुपैयाँ र 'ग' वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँबराबरको रकम लगानी गर्न लागिएको हो। 

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कुल पुँजीकोष कायम रहेको, कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ।

प्रकाशित : शनिबार, पुस ५ २०८२११:२८
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend