शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपालमा पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ५ २०८२
नेपालमा पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने

बाली प्रजनन् र बीउको क्षेत्रमा देखा परेका समस्याको समाधान र भावी कार्यदिशा बारे निष्कर्ष पनि निकाल्ने जनाइएको छ।

ललितपुर- नेपालमा पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने भएको छ।

नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन) अयोजक एवम् जिन बैंक, लिबर्ड, अक्सफाम लगायतका सँस्थाहरु सहआयोजक रहेको सम्मेलनमा विभिन्न नेपालमा बाली प्रजनन् र अनुवंशिक अनुसन्धानको ‌इतिहासदेखि वर्तमानसम्मको समीक्षा गरिने छ।

बाली प्रजनन् र बीउको क्षेत्रमा देखा परेका समस्याको समाधान र भावी कार्यदिशा बारे निष्कर्ष पनि निकाल्ने जनाइएको छ। 

यसैबीच सम्मेलन आयोजक कमिटीले सम्मेलनको विस्तृत कार्यतालिका तयार गरी कार्यपत्रहरुको आह्वान समेत गरिसकेको छ।

आउँदो माघ ६ गतेदेखि तीन दिनसम्म ललितपुरमा सञ्चालन हुने उक्त सम्मेलनमा देशभरबाट बाली प्रजनन्, अनुवंश र बीउ विज्ञानका विविध क्षेत्रमा अनुसन्धान, शिक्षण र विस्तारमा संलग्न वैज्ञानिक, प्राविधिक, प्राध्यापक, विद्यार्थी र किसानहरु गरी १५० जनाको सहभागिता हुने सम्मेलन आयोजक कमिटीका तर्फबाट राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले जानकारी दिए। 

सम्मेलनमा विभिन्न विषयका ६ वटा समूहमा ५० वटा कार्यपत्र प्रस्तुत हुने अपेक्षा गरिएको छ।


प्रकाशित : शनिबार, पुस ५ २०८२०८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend