काठमाडौं- रिलायन्स स्पीनिङ मिल्सको सेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्कासन गर्ने सम्बन्धमा भएका काम कारबाहीका विषयमा छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति गठन गरेको छ।
छानबिन समिति गठन गरे पनि निष्कासन प्रक्रिया भने नरोकिने नेपाल धितोपत्र बोर्डले जनाएको छ।
विनोद कुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पीताम्बर भण्डारी सदस्यसहितको एक समिति बोर्डले गठन गरेको हो।
समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ। समितिले आवश्यकता अनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी समिति गठन गरिएको बोर्डले जनाएको छ।