शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सालपा विकास बैंककाे आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ४ २०८२
सालपा विकास  बैंककाे आईपीओ बाँडफाँट

बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्कासन गरेको थियो।

 काठमाडौं- सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको हो।

बैंकले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्कासन गरेको थियो।

कुल ६७ हजार ६५५ जनाले ११ लाख ११ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६७ हजार ६३७ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो।जस अनुसार १७ हजार २३८ आवेदकले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्। 

बैंकको आईपीओ बाँडफाँट  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा गरिएको हो।

 


प्रकाशित : शुक्रबार, पुस ४ २०८२१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend