काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैंकले गतआर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।