काठमाडौं– साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से परिसूचक घटेको छ।
आज नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ बिन्दुमा पुगेको हो।
आजको कारोबारमा ३ सय २९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४ सय १ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९ सय ३ रुपैयाँबराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ३८ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव २६ अंकले घटेको छ।
आजको कारोबारमा २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा बाराही हाइड्रोपावर सबैभन्दा धेरै २४ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै राधी बिद्युतको कारोबार रकम १८ करोड ३५ लाख रुपैयाँ नाघेको छ भने बुटवल पावरको करिब १६ करोड १० रुपैयाँको सेयर किनबेच भएको छ ।
आज १३ वटा उपसमूहको परिसूचकमध्ये १० वटा घटेको छ भने ३ वटा बढेको छ। आजको कारोबारमा बैंकिङ शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव १२, वित्त १ दशमलव ५५, जनविद्युत् शून्य दशमलव ५५,जीवन बीमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव १७, लगानी शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव ३२ लघुवित्त शून्य दशमलव ४९ र अन्य समूह १ दशमलव १९ प्रतिशतले घटेको छ।
व्यापार उपसमूहको परिसूचक शून्य दशमलव ४८,निर्जीवन बीमाको परिसूचक शून्य दशमलव २२ प्रतिशत र होटल तथा पर्यटन सामान्य बढेको छ।