शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

 नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।

 

 


प्रकाशित : बिहीबार , पुस ३ २०८२११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend