शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेशनल लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ३ २०८२
नेशनल लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकलेहाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।


प्रकाशित : बिहीबार , पुस ३ २०८२११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend