शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

१८ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

मंगलबार, पुस १ २०८२
१८ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ बिन्दुमा पुगेको हो।

आजको कारोबारमा ३ सय २५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १ सय २२ रुपैयाँबराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.७० अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७४ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंकले बढेको छ।

आजको कारोबारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, एसवाई प्यानल नेपाल र नारायणी डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। आजको कारोबारमा बैंकिङ शून्य दशमलव ७३, विकास बैंक १ दशमलव ५६, वित्त शून्य दशमलव ४१, जनविद्युत् शून्य दशमलव ७७, जीवन बीमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, निर्जीवन शून्य शून्य दशमलव ८९, व्यापार समूह शून्य दशमलव ४६, होटल तथा पर्यटन १ दशमलव ४९, लगानी शून्य दशमलव ६८, म्युचुअल फण्ड शून्य दशमलव १३ र अन्य समूह १ दशमलव ५ प्रतिशतले बढेको छ।


प्रकाशित : मंगलबार, पुस १ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend