शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो।

काठमाडौं-  रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि  मंसिर २२ गतेदेखि २५ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले  गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। 

जस अनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँट गर्दा शेष रहेको ४६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ। जस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यी सबै आवेदनहरु स्वीकृत भएका छन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ।

कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ। 


प्रकाशित : मंगलबार, पुस १ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend