शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अध्ययनमा विदेश मोह, चार महिनामा बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
अध्ययनमा विदेश मोह, चार महिनामा बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ।

काठमाडौं- देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँबराबर छ।

अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको तुलनाका चालु आर्थिक वर्षको चार महिनामा करिब १० अर्ब रुपैयाँभन्दा बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ थियो। 

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब एक करोड रुपैयाँले घाटामा थियो। रासस


प्रकाशित : मंगलबार, पुस १ २०८२१०:२३
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend