शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिमालयन क्यापिटलकाे साधारण सभाबाट १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २९ २०८२
हिमालयन क्यापिटलकाे साधारण सभाबाट १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

कम्पनीको आइतबार सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।

काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडको वार्षिक साधारण सभाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।  

कम्पनीको आइतबार सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो। 

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गरेको छ। 

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक, डिपोजिटरी तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। 

 


प्रकाशित : सोमबार, मंसिर २९ २०८२१६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend