काठमाडौं- साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ बिन्दुमा पुगेको हो।
आजको कारोबारमा ३ सय २९ कम्पनीको ७७ लाख ५७ हजार ६ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४४ लाख १९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंकले घटेको छ।
आजको कारोबारमा दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
१३ उपसमूहमध्ये यसदिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
यसदिन वित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यसदिन होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।
यो साता पहिलो दिनको कारोबारमा आइतबार १२.५० अंकले घटेको थियो।