शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कात्तिकमा भित्रियो १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २९ २०८२
कात्तिकमा भित्रियो १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स

काठमाडौं- गएको कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस्तै चालु आवको चार महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

गएको असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन एकै महिनामा हालसम्म आएको सबैभन्दा धेरै रेमिट्यान्स हो। 

आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो। 

चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भइ ४ अर्ब ८८ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो।

चार महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ अर्ब ५४ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो।

चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ। 


प्रकाशित : सोमबार, मंसिर २९ २०८२१५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend