काठमाडाैं- इमर्जिङ्ग नेपाल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।
नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।