काठमाडौं- युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड ले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीकोमंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।