काठमाडौं- साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको हो।
आज ३ सय ३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १ सय ६८ कित्ता सेयर खरिद-बिक्री हुँदा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले घटेको छ।
आजको कारोबारमा २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आजको कारोबारमा म्युचुअल फण्ड उपसमूहको परिसूचक र बैंकिङ उपसमूहको परिसूचक सामान्य बढेको हो।
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको सिटी होटलको सेयर मूल्य यस दिन सर्वाधिक ६.२६ प्रतिशत घटेको छ।