काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
वितरण गर्ने लाभांश मध्ये १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकले पुस २१ गते, सोमबार चौधौँ वार्षिक साधारण सभा बोलाउने र साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ।