शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

समता घरेलु लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २८ २०८२
समता घरेलु लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति?

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ।

काठमाडौं-समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांश घोषणा गरेको छ।

लघुवित्तकाे मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मूनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने लघुवित्तले जनाएको छ।

प्रकाशित : आइतबार, मंसिर २८ २०८२१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend