काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसमध्ये १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
संस्थाको मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।