शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उपदान र कर्मचारी सुरक्षण काेषको रकम लगानी गर्दै राष्ट्र बैंक, माग्यो आवेदन

शनिबार, मंसिर २७ २०८२
उपदान र कर्मचारी सुरक्षण काेषको रकम लगानी गर्दै राष्ट्र बैंक, माग्यो आवेदन

केन्द्रीय बैंकले सूचना प्रकाशन गरी आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले सूचना प्रकाशन गरी आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले एक वर्षका लागि लगानी गर्न लागिएकाले यही मंसिर र २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ।

'क' वर्गका वाणिज्य बैंकमा पाँच अर्ब २८ करोड रुपैयाँ, 'ख' वर्गका विकास बैंकमा ९९ करोड रुपैयाँ र 'ग' वर्गका वित्त कम्पनीमा ३३ करोड रुपैयाँबराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको लगायतका शर्त पूरा गरेको हुनुपर्नेछ।

त्यसैगरी केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको ब्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ।

सूचनाअनुसार 'क' वर्गका वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, 'ख' वर्गका विकास बैंकमा १५ करोड रुपैयाँ र वित्त कम्पनीमा पाँच करोड रुपैयाँबराबर लगानी गर्न लागिएको हो। यही मंसिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ। रासस


प्रकाशित : शनिबार, मंसिर २७ २०८२११:२८
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend