शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक सामान्य अंकले घट्यो, ३ अर्ब ४९ करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
नेप्से परिसूचक सामान्य अंकले घट्यो, ३ अर्ब ४९ करोडको कारोबार

आजको कारोबारमा ३ सय २६ कम्पनीको ७७ लाख ८६ हजार ६ सय १ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७ सय ५६ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं -साताको अन्तिम  कारोबार दिन आज बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.२० विन्दुमा झरेको हो।

आजको कारोबारमा ३ सय २६ कम्पनीको ७७ लाख ८६ हजार ६ सय १ कित्ता सेयर खरिद-बिक्री हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७ सय ५६ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था,एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सेन्सेटिभ इण्डेक्स ०.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ।

एसबीएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने  मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत घटेको छ। श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको करिब साढे १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। 

 


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend