आइतबार, जेठ ६ गते २०८१    
images
images

सुरक्षा जाँचमा कडाइसँगै विमानस्थलमा यात्रुको भिड

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
सुरक्षा जाँचमा कडाइसँगै विमानस्थलमा यात्रुको भिड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भिड बढेको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भिड बढेको छ। विमानस्थलमा सुरक्षा जाँचमा कडाइ भएसँगै यात्रुको भिड बढेको हो।

images
images
images

विमानस्थलमा रहेका सुरक्षाकर्मीले केही दिनदेखि आन्तरिक उडानमा सुन ओसारपसार भएको फेला पारेसँगै सुरक्षा जाँचमा कडाइ गरेको छ। सुरक्षा जाँचमा कडाइ भएसँगै यात्रुले लामो समय समस्या भोगिरहेका छन्। विमानस्थलमा रहेको सुरक्षा जाँच गर्ने जनशक्ति अभावका कारण पनि भिड बढेको र यात्रुले घण्टौ समय लाइन बस्नु परेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ।

images

सुरक्षा जाँचका लागि विमानस्थलमा प्रयोग भएका उपकरणहरु पूरा क्षमतामा नचल्दा पनि यात्रुले सास्ती भोग्न परेको हो।

images
images
bimansthal.jpg

अहिले विमानस्थलमा रहेको कार्गो जाँच गर्ने मेसिन पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। कोभिड संक्रमण कम भएसँगै हवाई यात्रुको संख्या पनि बढेको छ। तर, विमानस्थल कार्यालय तथा अध्यागमन विभागले आवश्यक मात्रामा उपकरण थपेर काम गर्न नसक्दा समस्या आएको हो।

images
images

विमानस्थल कार्यलयका प्रमुख प्रताबाबु तिवारीले भिड बढे पनि आवश्यक मात्रामा उपकरण तथा जनशक्ति परिचालन गर्दै सुरक्षा जाँच भएको बताउँछन्। ‘अन्य ठाउँमा भन्दा ह्याण्ड ब्याग चेक गर्ने ठाउँमा भिड बढको छ,’ उनले भने, ‘त्यो समस्या समाधानका लागि पनि ३ वटा काउन्टरबाट चेक जाँच भएको र सुरक्षा निकायमा थप जनशक्ति थपेर काम गर्ने विषयमा छलफल भइरहेको छ।’

तर, एयरलाइन्स कम्पनीहरुले भने अनावश्यक रुपमा यात्रुलाई सास्ती दिने काम भएको बताउँदै आएका छन्। उनीहरुले आवश्यक मात्रामा उपकरण पनि सञ्चालनमा नरहेको र भएको उपकरणले पनि पूर्ण रुपमा काम नगर्दा यात्रुलाई सास्ती भएको बताए। यात्रुले उडानका लागि जहाजसम्म पुग्न नै घण्टौ  समय लाग्दा एयरलाइन्स कम्पनीलाई समेत समस्या भएको छ।


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend